विकासका लागि निजी क्षेत्रको विश्वास(Karobar weekly)
मुलुकमा निजी क्षेत्रको प्रवेशअघि राज्यमा राज्यद्वारा सञ्चालित तीनवटा बैंकमात्र थिए । आज नेपालका जनताले निजी क्षेत्रलाई विश्वास गरी धेरै वित्तीय संस्था आए र सफलतापूर्वक काम गरिरहेका छन् । वित्तीय क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश खुला गरिएपछि यसले कसरी आर्थिक विकासलाई गति प्रदान ग¥यो भन्ने उदाहरणलाई हामीले नमुनका रूपमा लिन सक्नुपर्छ ।
नेपालले खुला बजार नीति अवलम्बन गरेर निजी क्षेत्रलाई हित गर्न खोजेको हो । विश्वमै निजी क्षेत्रको सक्रियतामा नै विकासले फड्को मरेका प्रशस्त उदाहरण छन् । अरूको उदाहरण देखेर नेपालमा त्यस्तै प्रक्रिया अवलम्बन गर्न खोजियो तर ढंग पु¥याइएन । निजी क्षेत्र भनेको आन्तरिक मात्र होइन, बाह्य लगानीकर्ताहरू पनि हुन् । यदि कुनै पनि देशमा लगानीमैत्री वातावरण छ भत्रे लग्यो भने सात समुद्रपरका लगानीकर्तासमेत आकर्षित हुन्छन्, तर त्यस्ता लगानीकर्ता अर्थात् निजी क्षेत्रमाथि विभित्र क्षेत्रबाट हस्तक्षेप भयो भने आकर्षण होइन विकर्षण हुन्छ ।
यदि निजी क्षेत्रको प्रयासमा राजनीतिक हस्तक्षेप भएन भने नेपालको आर्थिक सामाजिक पाटोमा धेरै विकास गर्न सकिन्छ । अर्कातर्फ, कस्तो हुन्छ त ? अर्थतन्त्रमा राजनीतिक हस्तक्षेपका उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन, हालसालैको उदाहरण लिन सकिन्छ । बान कि मुन नेपाल आउने पक्का भयो, लुम्बिनीमार्फत यो वर्षको लगानी वर्षलाई आकर्षित गर्ने तयारी भयो तर विडम्बना यसमा राजनीति हाबी भयो र उनको भ्रमण रोकियो । आज हामी लोडसेडिङकोे मारमा सत्रांै शताब्दीको जीवनयापन गर्न बाध्य भएका छौं, त्यो पनि राजनीतिक हस्तक्षेपको परिणति हो । नेपालको राजनीतिकै कारण अरुण थ्री परियोजनामा पनि बिर्को लग्यो ।
नेपालको निजी क्षेत्रसँग सिर्जनशीलता छ, जोसजाँगर छ, नेपाल राम्रो बनाउने सपना छ, तर नेपालमा व्याप्त राजनीतिक हस्तक्षेपले कुनै पनि क्षेत्रमा विकास हुन सकेको छैन । भनिन्छ, व्यवसायमा कालोबजारी हुन्छ, व्यापारमा अनैतिक कार्यहरू हुनछन्; व्यापार गर्नेहरू सामन्ती स्वभावका हुन्छन्, यस्तो कसले भन्छ भने विभित्र राजनीतिक दलको स्वार्थमा लागेकाहरू विकासको कारण देशको सामाजिक विकास हुन्छ भनी बुझ्ने व्यवसायीहरू नियमित हुन्छन् । नियम बनाउछन्, जसको आफूखसी व्याख्या गर्छन् ।
मुलुकमा निजी क्षेत्रको प्रवेशअघि राज्यमा राज्यद्वारा सञ्चालित तीनवटा बैंकमात्र थिए । आज नेपालको जनताले निजी क्षेत्रलाई विश्वास गरी धेरै वित्तीय संस्था आए र सफलतापूर्वक काम गरिरहेका छन् । वित्तीय क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश खुला गरिएपछि यसले कसरी आर्थिक विकासलाई गति प्रदान ग¥यो भन्ने उदाहरणलाई हामीले नमुनाका रूपमा लिन सक्नुपर्छ । सरकार आफंैले ठूलो लगानी गर्न नसक्ने र विश्व नै उदारीकरणको गतिमा अघि बढिसकेको आजको परिप्रेक्ष्यमा निजी क्षेत्रबाट मात्र देशको विकास हुनसक्छ । त्योबाहेक कुनै पनि क्षेत्रले देशको आर्थिक सामाजिक विकास गर्न त कल्पना पनि गर्न सकिँदैन । आज विभित्र क्षेत्रबाट देशको अस्मिता, देशको गौरव गौतम बुद्ध, देशको सान सगरमाथा, देशको जैविक विविधतामाथि प्रहार गरिरहेको र त्यसलाई राजनीतिक पृष्ठभूमिले मलजल गरिरहेको छ । विश्वका धेरै देशमा भएको आर्थिक क्रान्तिले देशको नाम उच्च राखेका छन् । जबसम्म नेपालको आर्थिक नीति राम्रो हँुदैन तबसम्म देशको आर्थिक अवस्था सुध्रिँदैन । त्यसका लागि हामीले र राज्यले दुवैतर्फबाट केही विषय प्रस्ट पर्नुपर्ने हुन्छ ।
राज्यले आर्थिक क्षेत्रबाट निकास खोज्ने हो भने विभित्र जिल्ला, नगर र बस्तीहरूलाई आकर्षण गर्न र सजिलोसँग बजार लिन सकिने विषयमा लगानीको लागि कर प्रणालीमा राहत दिनुपर्ने हुन्छ, जस्तो कि काठमाडौंको नजिक रहेको मकवानपुरको दामन क्षेत्रमा राज्यले त्यहाँको जैविक विविधताको वातावरणलाई खलल नपुग्ने गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने गरी सानो मझौला वा ठूला पर्यटक होटल बनाउन जग्गा उपलब्ध गराउने र सो क्षेत्रमा लगानीको आधारमा कम्तीमा १० वर्षको छुट दिने,राज्यद्वारा सञ्चालित बैंकबाट सहुलियत दरमा कर्जा प्रवाह गगर्ने । यसो गर्न सके नेपालीले आफ्नो पहिचान बनाउन र बेरोजगारी समस्याबाट निकास पाउन सक्छांै ।
नेपालको सुन्दर पर्यटकनगरी पोखरा, पाल्पा, पूर्वको भेडेटार, धनकुटालगायत यस्ता धेरै ठाउँ छन् जसलाई राज्यले केही पनि नगर्दा पनि, छिमेकी देश तथा अन्य राष्ट्रलाई पनि लोभ्याइरहेको छ । हामी आजको दिनमा परनिर्भर नहुनु पर्ने हो तर विडम्बना हाम्रा हिजोका विकास योजनाले केही गर्न नसकेको यो अवस्था आएको सजिलै महसुस भइरहेको हुँदा अब केही गरौँ भत्रेतर्फ लाग्न पर्ने टड्कारो अवस्था छ ।
हामीले भोलिको नेपाल भनेर कल्पना गर्दा पर्यटन धार्मिक होस् वा अन्य र भौगोलिक प्राकृतिक सम्पदा अनि हाम्रो अतिथ्यता नै हो । जसबाट हामी हाम्रो देशको रोजगारी सिर्जनामा सीधा सहभागिता जनाउँदै सम्पन्न र समृद्ध नेपाल बनाउने उद्देश्यका साथ लागि पर्ने बाटो प्रशस्त हुने थियो ।
कतिपय अरब राष्ट्रहरू यतिखेर पेट्रोलियमको माध्यमले सम्पत्र अर्थतन्त्र भएका मुलुकलाई समेत चुनौती दिन सक्ने भएका छन् । उनीहरूले पेट्रोलियम पदार्थ मात्र दोहन गरेनन्, उराठिलो मरुभूमिलाई विस्तारै पर्यटकीय गन्तव्यस्थल बनाउँदै अघि बढेका छन् । मरुभूमिको बालुवालाई पर्यटकीय गन्तव्यमा परिवर्तन गर्न सकिन्छ भने नेपालसँग पर्यटन विकास र पर्यटक आकर्षण गर्न सकिने के कुरा छैनन् । राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षणहरू, उच्च हिमशिखरहरू, ऐतिहासिक एवं पुराताŒिवक महŒवका वस्तुहरू, पदयात्राका आर्कषण थलोहरू र साहसिक खेलकुदका लागि उपयुक्त ठाउँहरू नेपालसँग प्रशस्त छ । हिन्दू धर्मावलम्बीहरूका लागि पशुपति, मुक्तिनाथ, गोसाईंकुण्ड र जानकी मन्दिर छन् भने बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी छ तर यसका लागि एकातिर पूर्वाधारको विकास हुनुपर्छ भने अर्कातर्फ निजी क्ष्क्षेत्रलाई विश्वासमा लिई लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । यसतर्फ नीतिनिर्माताहरू, प्रशासकहरू र राजनीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूसमेत उदासीन रहेको अनुभव हुन्छ । लक्ष्य निर्धारण गरिन्छ, लक्ष्यमा पुग्ने गरी कार्यक्रम तय गरी कार्यान्वयन गरिँदैन । कतै काम हुन थाले पनि व्यवधान गर्नेहरू सलबलाउन थालिहाल्छन् ।
भारतका तर्फबाट नक्कली पुराताŒिवक वस्तुलाई देखाएर बुद्ध भारतमा जन्मेको प्रचार गरिन्छ । संसारमा त्यसको खण्डन गर्न विश्वप्रसिद्ध व्यक्तिहरूलाई लुम्बिनी भ्रमण गराई विश्वमा सत्यतथ्य राख्न सकिन्छ, तर हामी यसतर्फ कमै ध्यान दिन्छौं वा लुम्बिनी विकासको प्रयासमा जानीजानी अवरोध सिर्जना गर्छौं ।
अब पनि समय भिड्किइसकेको छैन, विश्वका प्रतिष्ठित बुद्धिजीवीहरूलाई नेपालका ऐतिहासिक, पुरातात्विक र अन्य पर्यटकीय आकर्षणका क्षेत्रहरूको भ्रमण गराउने, लगानीमैत्री वातावरण बनाउने, लगानीकर्तालाई प्रोत्साहित गर्दै लैजाने हो भने छोटो समयमै देशलाई समृद्ध बनाउन सकिन्छ । नेपालको भविष्य समुत्रत बनाउन निजी क्षेत्रलाई विश्वासमा लिई योजनाबद्ध ढंगले अघि बढ्ने हो भने गर्न नसकिने कुनै कुरै छैन ।
(सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष हुन् ।)

Comments
Post a Comment