नेप्सेको विगतलाई पनि हेरौं(Karobar Weekly)
अहिले नेपाली सेयरबजारमा एक प्रकारको तरंग उत्पन्न भएको छ । त्यसको एउटा मात्र कारण– विगत तीन वर्षदेखि लगातार ओरालो लागेर झन्डै ६ वर्षपहिलेको अवस्थामा आएर सुस्ताएको नेपालको सेयरबजार परिसूचक नेप्से गत चैतको अन्तिम सातादेखि निकै तीव्र गतिमा बढ्नु हो । यसले सेयरबजारका लगानीकर्ता, बजार सञ्चालक, नियामक, बैंक तथा वित्तीय संस्थादेखि अर्थसचिव र अर्थमन्त्रीको ध्यानाकर्षित गरेको छ । नेप्से वृद्धिले सबैलाई उत्साहित बनाएको छ नै यसले लगानीकर्ता तथा अन्य सरोकारवालालाई एक पटक विगत फर्केर हेर्न सन्देश दिइरहेको छ ।
यतिखेर अधिकांश अहिलेको नेप्से वृद्धि स्वाभाविक वा वास्तविक हो ? के अब यो बढेको बढ्यै हुन्छ ? शान्ति–प्रक्रियामा भएको प्रगतिमात्रै सेयरबजार बढ्नुको कारण हो ? वा पहिला भनिँदै आएजस्तै केही व्यक्ति वा समूहले बजारमा चलखेल गरेका हुन् ? वा साँच्चै अहिले सेयर किन्ने उचित समय आएको हो ? जस्ता प्रश्न सुनिने गरेका छन् । सेयर दलाल कार्यालयमा जम्मा भएका अलि पाका तथा पुराना लगानीकर्ताको हाउभाउ तथा कुराकानीले यस्तै संकेत गर्छ । उनीहरू भन्ने गर्छन्, “देशको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका साथै अहिलेको विश्वव्यापीकरणको अवस्था, अन्तर्राष्ट्रिय बजारमा हुने घटनाक्रमले सेयरबजारमा घटबढ हुनु स्वाभाविक हो । तर, नेप्सेको विगतबाट सिक्नैपर्छ अन्यथा लगानीमा धोका पनि हुन सक्छ ।” उनीहरूको मस्तिस्कमा झन्डै चार वर्षपहिले यसरी नै बढेको नेप्से र त्यसपछिका कहालीलाग्दा दिनको परिदृष्य आइरहेको कुराकानीबाट प्रष्ट बुझिन्छ । यस सन्दर्भमा नेपालको सेयरबजार २०६४÷६५ सालमा किन उत्ताउलो पारामा बढ्यो र २०६५ भदौ १५ पछि किन थामिनै नसकिने गरी घटेर दयनीय अवस्थामा आउनुप¥यो भन्ने विषयमा केही कुरा प्रस्तुत गर्नु उपयुक्त होला ।
राजनीतिक संक्रमणबाट गुज्रिरहेको तत्कालीन अवस्थामा राज्यका आर्थिक नीतिहरू स्पष्ट भएनन् । देशले अवलम्बन गर्ने आर्थिक विकासको प्रारूप कस्तो हुने भन्ने विषयमा देश हाक्ने राजनीतिक पार्टी तथा तिनका नेताका बीच सहमति हुन सकेन । त्यसले गर्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका कस्तो हुने, सम्पत्तिको अधिकार के हुने तथा सरकारको भूमिका के हुने भन्ने विषयमा अन्योल बढ्दै गयो । फलस्वरूप, देशमा लगानीयोग्य वातावरण नभएको भन्दै देशभित्र भएको सीमित पुँजी विभिन्न माध्यमबाट बाहिरिन थाल्यो भने प्रत्यक्ष विदेशी लगानी आउन सकेन । त्यसबाट समग्र अर्थतन्त्रका साथै सेयरबजारप्रति लगानीकर्ताहरूको विश्वास गुम्दै गएपछि १ हजार १ सय ७५ मा पुगेको नेप्से लगातार ओरालो लागेर २ सय ९२ सम्म आएको हो ।
अर्को तीन÷चार वर्षपहिले हाम्रो सेयरबजार जसरी बढ्यो, त्यो देशको समग्र आर्थिक परिसूचक तथा नेप्सेमा सूचीकृत कम्पनीहरूको आधारभूत वित्तीय अवस्था सुहाउँदो थिएन । मानिसहरूले पनि सेयरबजारलाई दीर्घकालीन लगानीको क्षेत्रका रूपमा भन्दा छोटो समयमा नै धनी हुने सजिलो माध्यमका रूपमा उपयोग गरे । केही विदेशी लगानीकर्ताहरू आएर स्थानीयको नाममा सेयर खरिद गरेर एक वर्षमै आफ्नो पुँजीको दुई÷तीन गुणा लिएर गए भन्ने पनि सुनियो । नियामक निकायहरूले यो समयमा नै बुझ्न सकेनन् वा बुझे पनि समयमै नियन्त्रणका उपाय अपनाएनन् । सट्टेबाजहरूले बजारलाई उचाइमा पु¥याएर छोडिदिए अनिमात्रै सबैका आँखा खुले । त्यसपछि राष्ट्र बैंकले नियन्त्रणात्मक उपाय अपनायो । त्यसले घट्दो बजारलाई थप घट्न सघायो । त्यतिबेलासम्म देशको वित्तीय प्रणाली पनि समस्याग्रस्त भइसकेको थाहा भयो र त्यसको नकारात्मक प्रभाव पर्दा सेयरबजार उठ्नै नसक्ने गरी थला प¥यो ।
अहिले पनि नेपाली सेयरबजारमा वास्तविक लगानीकर्ताको संख्या निकै कम छ । सीमित व्यक्तिहरूको हातमा समग्र सेयरबजार चलेको छ भने अर्थतन्त्रको वास्तविक क्षेत्रको तुलनामा वित्तीय क्षेत्रको वृद्धि निकै तीव्र भयो । कोषको माग गर्ने क्षेत्रको उचित विकासबिना यसको आपूर्ति तथा व्यवस्थापन गर्ने क्षेत्रमा निर्भर भएको पुँजीबजारको वृद्धि दिगो हुन सक्दैन ।
बहुसंख्यक जनताको दैनिकीसँग गाँसिएको वास्तविक क्षेत्र पुँजीबजारबाट बाहिर रहेकाले पनि साना तथा वास्तविक लगानीकर्ताहरूलाई नेपाली सेयरबजारले समेट्न सकेको छैन । साथै जुन क्षेत्रलाई दीर्घकालीन पुँजीको आवश्यकता हुन्छ, त्यसैले पुँजीबजारबाट लगानी परिचालन गर्न नचाहेपछि कसरी वास्तविक लगानीकर्ताको उपस्थिति भएको मान्ने ? यी सबै कुराहरूको अनुमान गरेको भए नेपाली सेयरबजारले विगत तीन वर्षको कहालीलाग्दो अवस्था भोग्नुपर्ने थिएन । यो कुरालाई आत्मसात गरेर अहिले नेपाली सेयरबजारका सबै सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ, ताकि सेयरबजार तथा यसका लगानीकर्ताले विगतको जस्तै असहज अवस्था भोग्नु नपरोस् ।
यसका लागि सबैभन्दा पहिला सर्वसाधारण, उद्योगी–व्यवसायी तथा आर्थिक जगत्सँग सम्बन्धित सबै पुँजीबजारका आधारभूत पक्ष, यसको उपयोग तथा दीर्घकालमा यसबाट लिन सकिने फाइदाका बारेमा सचेत हुनुपर्छ । सेयरबजारमा वित्तीय क्षेत्रको बाहुल्य कम गर्न औद्योगिक तथा वास्तविक क्षेत्रका कम्पनी तथा संस्थाहरूलाई पनि पुँजीबजारबाट पुँजी परिचालन गर्न प्रोत्साहन गर्नुपर्छ । औद्योगिक क्षेत्रका कम्पनीहरूको अग्र तथा पश्च (फरवार्ड एन्ड ब्याकवार्ड) प्रभाव बलियो हुने भएकाले त्योसँग सम्बन्धित व्यक्तिहरू पनि सेयरबजार प्रवेश गर्छन् । उदाहरणका लागि रसुवाका जनतालाई चिलिमेको सेयर जती नै बढ्दा वा घट्दा पनि खासै असर पर्दैन । उनीहरूलाई सेयर मूल्यभन्दा कम्पनीले दिने प्रतिफलको महत्व छ, किनभने त्यो नै उनीहरूको जीवन निर्वाहको आधार बनेको छ । तर, यसरी सर्वसाधारणको जनजीविकासँग जोडिएको विषयलाई प्रभावकारी र दोषमुक्त राख्न सरकारी नियमन तथा अनुगमनको महत्व हुन्छ । तर, यसमा पारदर्शिता अनिवार्य सर्तजस्तै हुन्छ, जसको अभावमा सर्वसाधारणको मन जित्न सकिँदैन र त्यो समूह सेयरबजारमा प्रवेश गर्न सक्दैन ।
यसको अर्थ सेयरबजारमा सरकारी हस्तक्षेप आवश्यक छ भन्ने होइन । खुलाबजार अर्थतन्त्रको जगमा अडिएको हुनाले सेयरबजारमा सरकारी हस्तक्षेपको अर्थ छैन । त्यसैले, सरकारले हस्तक्षेप गर्नु वा लगानी गर्नुको सट्टा सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाइदिनुपर्छ र उनीहरूको लगानी सुरक्षित छ भन्ने कुरामा विश्वस्त पार्न सक्नुपर्छ । अहिलेको अवस्थामा अलिकति बुझेर लगानी गर्दा नेपाली सेयरबजारबाट प्रशस्त नाफा कमाउन सक्ने अवसर पनि छ ।
अहिले सेयरबजारको वास्तविक समस्या भनेको माग र आपूर्तिको असन्तुलन नै हो । त्यसैले सेयरबजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्नका लागि संस्थागत लगानी आकर्षण गर्नेतिर सरकार तथा नियामक निकायहरू लाग्नुपर्छ । सामूहिक लगानी कोष सञ्चालन गर्न चासो देखाएका बैंकहरूलाई छिटो अनुमति दिएर कार्य सुरु गर्ने वातावरण बनाउनुपर्छ । बैंकबाहेकका निजी कम्पनीहरूलाई पनि सामूहिक लगानी कोष सञ्चालन गर्ने उचित अवसर दिनुपर्छ किनभने अहिले बजार न्यून अवस्थामा रहेका बेला यस्तो कोष सञ्चालन गर्दा नाफा कमाउने सम्भावना बढी छ, जसबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्छन् । त्यसो भएमा सामूहिक लगानी कोषमा सर्वसाधारणको विश्वास बढ्छ र साना तथा मझौला लगानीकर्ता यसतिर आकर्षित हुन्छन् । यसले दीर्घकालमा बजारलाई स्थायित्वको बाटोमा लैजान्छ ।
अहिलेको असहज अवस्थामा नेप्से परिसूचकको स्वाभाविक तह यही हो भन्न त कठिन छ । तर, विगत एक वर्षदेखि तोड्न नसकेको ३ सय ७२ को प्रतिरोध नेप्सेले यो साता सजिलै पार गरेर ४ सयभन्दा माथि पुगेको छ । पहिलाको प्रतिरोधले अब बलियो टेवाका रूपमा काम गर्ने भएकाले नेप्सेको बुलिस प्रवृत्ति अझै केही समय कायम रहन सक्छ । समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको अहिलेको अवस्थालाई राजनीतिक क्षेत्रले पनि साथ दिए बजारमा हल्ला चलेजस्तै ५ सय पुग्न नेप्सेलाई गाह्रो हुनेछैन । त्यो तह नेप्सेका लागि स्वाभाविक पनि हो ।
(लेखक नेपाल उद्योग परिसंघका उपनिर्देशक हुन्)

Comments
Post a Comment